नेपाली एफएम र अनलाइन रेडियोहरु प्रती चासो राखेर
सञ्चार क्षेत्रमा केहि गर्नुपर्छ भनी हामिले तपाइको
माझमा अनलाइन रेडियो नविन संसार डटकमलाई आज
अन्यकौ अप्ठ्यारा परिस्थितिहरु र प्रविधि सङ्ग संघर्ष गर्दै
सञ्चालनमा लिएका छौ।

तपाइको माझमा यसरी अनलाइन रेडियो सञ्चालनमा
ल्याउने सोच धेरै बर्ष पहिले देखि नै थियो। तर एउटाले मात्रै
नहुने सबै साथिहरु सङ्ग सल्लाह र सहकार्य गरेर बल्ल सन् २०१७
मार्च २२ तारिखका दिनबाट यस अनलाइन रेडियो नवीन
संसारले रेडियोकै ब्लग, र बेसिक मोबाइल एप्लिकेशन हुँदै “अल
नेपाल एफएम” मोबाइल एप्लिकेसन मार्फत अनलाइन
परिक्षण प्रसारण थालेको हो। अहिले तपाईं रेडियोकै आफ्नै
वेबसाईट www.radionabinsansar.com मार्फत ईन्टरनेटको
सहयताले विश्वभरी एकै साथ सुन्दै आइरहनु भएको छ।
अब यस अनलाइन रेडियोलाई ALL NEPAL FM मोबाइल एप्स
र नेपालको चर्चित मोबाइल एप्स HAMRO PATRO को
रेडियो सेक्सनमा सुन्न सुन्न सक्नुहुनेछ।

अनलाइन रेडियो नवीन संसार डटकमले खास गरेर स्वदेश तथा
बिदेशमा बसेर पनि नेपाली भाषा साहित्य उत्थान र
वृद्धिमा कलम चलाई रहनु भएका समकालीन
साहित्यकारहरुको सृजना र लेख रचनाहरुलाई रेडियोमा
प्रसारण र रेडियोको वेबसाईटमा प्रकाशित गर्न निरन्तर
लागि पर्ने छ। हाल यस रेडियोले तपाइको माझमा कुनै
जाती र ब्यक्ती प्रती आधारित नभएर स्वतन्त्र रुपमा स्वदेश
तथा बिदेशको सुचना सन्देशहरु र बिभिन्न मनोरञ्जनात्मक
सांगीतिक र साहित्यिक कार्यक्रमहरु प्रसारणमा ल्याउने
कोसिस पनि गरिरहेको छ। त्रिबेणी गाउँ पालिका रोल्पा
बाट प्रसारण थालिएको यस अनलाइन रेडियो अहिले
मलेसिया, कतार, साउदी, दुवई, इजरायल आदि देशहरुमा बस्ने
नेपाली एफएम रेडियोहरुलाई माया गर्ने रेडियो प्रेमी
साथि र शुभचिन्तकहरु द्वारा कार्यक्रमहरु सञ्चालन भैरहेको
छन्। तपाई कम्प्युटर र प्राविधिक ज्ञान छ भने हामी सङ्गै
सहयत्रा गर्न सक्नुहुनेछ।

अनलाइन रेडियो परिवार नवीन संसार।
वेबसाईट : www.radionabinsansar.com
ई-मेल : info@radionabinsansar.com
rnsansar@gmail.com