बसन्तको हराभरा….

•तारा सुनुवार

हराभरा बनाउदै
वसन्त
मगमगाउदै बनै भरी
सुबास छरि अनन्त।
काेईली काे हाे काे हाे
डाली माथी बसी
अानन्दमै डुबरहने
चराहरू हाँसी ।
जिङरिङ उभिएकाे
बर‌ै ती रूखमा
माैलिदै छन
जवानी छुन
तछाड मछाड गरि
पालुवा पाखामा ।
गड्याङ गुडुङ
अाकास चम्कदै
संदेश दिदैछ
वर्षायाम अायाे भन्दै
हुर्र हुर्र गर्दै हुरी
दाैडिदै छ वरिपरि
सास्ती खेलाउदै
घरि घरि ।
छाेडयाे कि कठ्याग्रिने
दिन गयाे भनी
चरक्क चर्केर दिनभरी
शिशिर कै संकेत
साँझ विहान अलि अली ।
शीत पनि हैन
वर्षा पनि छैन
मनाेरम दृष्य
बादलले लुकामार
खेल्दैन
अपुराे हाेला बयान गरि
बसन्त तिम्राे छहारी ।