पोखिएको खुसी

-तारा देवि सुनुवार
अनायास किन मनमा
उमंग छाउथ्याे
हाम्राे सामिप्यताले
हाे या, समयकाे बेगले हाे
निस्वार्थी खुसिहरू
अंगालाेभरि बाेकेर
कहिले हासाे
कहिले गुनासाे हुन्थ्याे ।
हाम्राे अाँगनमा
सामियप्यताकाे घेरा लगाई
मनमा अात्मियताकाे
लहरा झांगिएकाे थियाे
जीवनका उर्जाहरू
मा‌लाएर
दुबाे झै फैलिएका
चाहाना थियाे ।
मानषपटलमा
हामीले पुज्ने देवताकाे
निर्माणधिा मन्दिरकाे
पुजारी भई
जिन्दगीकाे पूजा गर्ने
क्रम चलिरहदा
थाहा नदि उर्लिएकाे छालले
जीवन चक्रलाई
उथल पुथल पारिदियाे ।
सपना झै झंस्किन्छु
मा‌ैरीकाे अावज झै
रातभरीका गुा गुन
सिमलका भुवा झै उडेर
चुमेका तिमिले अधर भरी
उर्लिएका बैँस अाधिसरी
चले झै हावा हुरि
बेहाेसमा घरी घरी ।
जीवन अन्नत सम्म
संगै अवतरण गर्ने
बाचा बन्धन भएन
तर
नतमस्तक हामी
दुबै धडकनहरू समर्पित
प्रेमकाे बगैँचा भित्र
कहिले घुर्की लगाउदै
कहिले हासाेकाे
पासाे लगाउदै
चुम्बक बनेर एक अर्कालाई तान्दै
खेलि रहेका पुतलि हामी ।
डाडापाखा हाक फाल्दै
उमंगका पाईलाहरू
लम्किएर
छितिजलाई चुनाैति दिएर
दुई हात्माकाे मिलनमा
एक‌ै पटक अमृत पिएर
वितेका थिए हरेक पलहरू
खुशीसाथ जिएर ।
जिन्दगीका अन्नत यात्रा
बेग्ला बेग्लै
कतै खुशि कतै दुःखी
पहिलाे प्रहरमा
सूर्यकाे लालिमा चढे झै
अधर चुमि छाडेकाे
अालाे छाप नमेटिने भए
सबै काे सामु
तिम्रै वरिपरि
बगर बनी डुलिरहन्थे,डुलिरहन्थे ।
(तारादेवी सुनुवार २०७४/१/१०)