राष्ट्रिय गजल प्रतियोगिताको अन्तिम चरणकाे प्रतियोगिता काे लागि २० गजल छानिय

राम प्रसाद सुवेदी सँगम
काठमाडौ जेष्ठ १२गते । हातेमालो साहित्य सँगम ले आयोजना गरेको राष्ट्रिय गजल प्रतियोगिताको अन्तिम चरणकाे लागि उत्कृष्ट २० गजलहरू छनाेटामा परेका छन । करिब ४०० गजलहरुकाे भिडबाट उत्कृष्ट २० गजलहरु लाई अन्तिम चरणकाे प्रतिस्पर्धा काे लागि छानियकाे हातेमालो साहित्य सँगम का केन्द्रीय अध्यक्ष दिपेन्द्र अाश्राुमाली ले जानकारी दिनु भयाे ।

अन्तिम चरणकाे प्रतिस्पर्धा काे लागि गजल हरु लाई भोटिङ कोडक्रमस १ देखि २० नम्बर सम्म राखि प्रतियोगितामा उतारियकाे छ भोटिङको ४०% र निर्णायकको ६०% नम्बरको आधारमा पहिलो, दोस्रो, तेस्रो र २ सान्त्वना गरी ५ जनालाई विजयी घोषणा गरिनेछ र बिजेताले प्रमाणपत्र र ट्रफिसहित क्रमशः रू. १० हजार, ७ हजार, ५ हजार र ३/३ हजार प्राप्त गर्नेछन् । तेस्तै प्रतियोगिताको पहिलो र दोस्रो विजेताले डीआर अटुको संगीत र सिडि विजय अधिकारीको स्वरमा गजल रेकर्ड गर्न पाउने छन् ।

उत्कृष्ट २० मा पर्ने गजलहरुमा केशब शाही (दैलेख), काेड न:१, मेरुदण्ड राई (सोलुखुम्बु)काेड न:२ , जितु खड्का गाउँले (मोरङ)काेड न:३ गोगेन ढोली (काठमाण्डौं)काेड न: ४ उमेश चन्द (रुकुम) काेड न:५ देवेन्द्र दिलदुःखी चोङ्बाङ, तेह्रथुम, काेड न:६ ,मनकुमार लिम्बू (तेह्रथुम),काेड न:७ रबिन मगर (पाँचथर), काेड न:८. पुस्कर अधिकारी (नुवाकोट),काेड न;९ प्रकाश खनाल (अर्घाखाँची),काेड न: १० कपिल मणि (दाङ)काेड न:११गोविन्द के.सी. “अभीष्ट” (म्याग्दी), काेड न:१२. बिन्दा लामा “तृष्णा” (सिन्धुली) काेडन:१३, सुमन आइडु (ईलाम) काेड १४ अनिश न्यौपाने “मनको आँखा’ (मकवानपुर), काेड १५ प्रतिक संग्रामी बिजाैरी (दाङ) काेड न:१६ भेषराज कार्की (झापा), काेड न:१७ प्रकृति प्रेमी (चितवन),काेड न:१८ कविराज क्षेत्री ‘बेबि’ (रोल्पा) काेड न:१९ र सीता प्याकुरेल (धादिङ) काेड न: २० रहेका छन्

भाेट गर्नकाे लागि Mobile Phone को Message Box मा HSS <Space> काेड नम्बर umber टाइप गरेर ३३००१ नम्बरमा पठाउनुपर्नेछ । SMS Voting System २०७४ आषाढ २ शुक्रबार (2017 June 16, Friday) सम्म चाैबिसै घण्टा खुला रहने छ ।

 

उत्कृष्ट २० गजलहरू यस्ता छन ।

  • गजल -1
    अन्जान मै थियो यात जानाजान थियो
    खै किन भाइ भाइ बिच हानाहान थियो

खुनै खुनले पोतिएको हतियार उठाइ
कसैले भन्दै थियो यो रक्तदान थियो

बलात्कृत भइन चेली हाम्रै अगाडि
म कसरी भनु त्यहाँ संविधान थियो

सत्यको पक्ष लिदै म यता लड्दै थिएँ
उता भने गाउँमा मेरो अपमान थियो

हर कसैको जिन्दगी उचाल्दै पछार्ने
थियो समय बहुत बलवान थियो
केशब शाही, दैलेख

  • गजल -2

देश हो फूल, हामी हौं माली, नेपाल बचाऔँ
गोडमेल गरी, मलजल हाली, नेपाल बचाऔँ

सगरमाथा, विश्वको शिर, छ हाम्रो देशमा,
ठानेर हामी, गौरवशाली, नेपाल बचाऔँ

खोला र नाला, गएछन् खेर, सलल बगेर,
उज्यालो पारौँ, बिजुली बाली, नेपाल बचाऔँ

यो हाम्रो देश, बेच्न नै लागे, दलालहरूले,,
नेताको भर, नपरौँ खाली, नेपाल बचाऔँ

खाडीका युवा, स्वदेश फर्क, भन्दछिन् आमाले,
चलाऊ गैँती, कुटो(कोदाली, नेपाल बचाऔँ

बैरीका आँखा, थालेछन् लाग्न, सिमाना मिचेछन्,
उठौँ है आजै, मेची र काली, नेपाल बचाऔँ
मेरुदण्ड राई, सोलुखुम्बु

  • गजल -3
    खुकुरीको धार माथी राखी जिन्दगी यो
    बिताउनु छ यसैगरी बाँकी जिन्दगी यो

हाँस्न खोज्दा झर्छ आँशु खुशी रित्तिएर
थाहै नपाइ भैसकेछ खाली जिन्दगी यो

फूलै फूलको संसार खोज्दा काँडै काँडा भेटे
राखी दिएँ मैले त्यसै माथी जिन्दगी यो

एउटा बिन्ती बिसाउंदै छु बताउ न दैब
के सोचेर दिईस तैले पापी जिन्दगी यो

गाँउलेको झुप्रो भित्र खुशी खोज्दा खोज्दै
दुस्ख सँगै लोलाएछ दासी जिन्दगी यो

जितु खड्का गाउँले, मोरङ

  • गजल -4
    बाँकीमा अनेकौ जमान बेचेर
    मुग्लानी हुँदैछन् मतान बेचेर

शून्यता देखियो गैरिको टहरो
चौपायहरूको बथान बेचेर

उजाड हुँदैछ सुन्दर बस्तिमा
आफन्त सरेछन् बगान बेचेर

बैरीको सिमाना सर्दैछ दिनहुँ
संघारै मिचिन्छ दलान बेचेर

व्यापारी रमाए मुनाफा संझिदै
खाडीमा पौरखी जवान बेचेर

दुखेसो सुनिन्न बेचिने दुस्खीको
फैसला गरिन्छ बयान बेचेर

योगेन ढोली, काठमाण्डौं

  • गजल -5
    जब मुस्किल समीप थियोे, अप्ठ्यारो भयो
    साँप मरेन लठ्ठी भाँचियो, अप्ठ्यारो भयो

जसका लागि हिजो मैले , कान काटेर दिए,
उसले उपहार चस्मा दियो, अप्ठ्यारो भयो

अब तिमीले सलाई लाईटर, पठाउनै परेन,
आगो बिना दिल सल्कियो, अप्ठ्यारो भयो

उसलाई साँच्चै सिकाएको,अर्थ रह्यो होला?
शिष्य झुकेन गुरु निहुरियो, अप्ठ्यारो भयो

बस्नलाई त मलाई यहिँ,समूह मै बस्नु पर्छ,
यहाँ एउटा आलु कुहियो, अप्ठ्यारो भयो

अब यसलाई लेखाउनु छ, आठौं आश्चर्यमा,
हावा नचलि पात हल्लियो, अप्ठ्यारो भयो

उमेश चन्द, रुकुम

  • गजल -6
    थाप्लो भरि दुस्खै(दुखको, भारि रहन्छ
    फेरि पनि सुखको खोजी, जारी रहन्छ

विरताको परिभाषा बुझ्न नसक्दा खेरी
मेरो आफ्नै स्वभिमानले धिक्कारी रहन्छ

अरुको त भरोसा खोइ के नै गर्नु यहाँ
प्राण प्यारो साथिले नै माया, मारि रहन्छ

हो जितको निम्ति संघर्ष जति गरे पनि
किन(किन जिन्दगीले बाजि, हारी रहन्छ

दलालहरूलाई पाता कस्नु सक्यौं भने
अनि पो समाजमा हाम्रो, चिनारी रहन्छ

देबेन्द्र दिल दुखी चोङ्बाङ, तेह्रथुम

  • गजल -7
    पसिना रोपौँ, पक्कै नि सुन, फल्छ यो देशमा
    पौरखी बनौँ, जिन्दगी राम्रै, चल्छ यो देशमा

श्रम र शिप, लगाऊँ यही, गरेमा जे हुन्छ
संघर्ष गरौँ, दुस्खको खम्बा, ढल्छ यो देशमा

लौ अघि सरौँ, कम्मरै कसी, नेपाली हे जन
जुटेर हेरौँ, चट्टान पनि, गल्छ यो देशमा

नेपाल हाम्रो, बनाऊँ राम्रो, यहि नै स्वर्ग छ
संसार घुम्ने, मनको तृष्णा, जल्छ यो देशमा

दाजु र भाई, एकै त हौ नि, बसौँ न मिलेर
ननिभ्ने गरी, शान्तिको दियो, बल्छ यो देशमा

मनकुमार लिम्बू, तेह्रथुम

  • गजल -8
    हर बिहानीमा हिमाल हाँसेको देख्न चाहन्छु
    त्यो हिमालसँगै मुनाल हाँसेको देख्न चाहन्छु

यो नेपालीपन सधैं झल्काउने पहिरनमा
गुन्यू,चोली दौरा,सुरुवाल हाँसेको देख्न चाहन्छु

बर्खाको याममा झुपडीको छानो चुहिने बेला
न्यानो ओत दिने पराल हाँसेको देख्न चाहन्छु

खेत र बारीको शिरु फुल्ने डिल भत्किए पनि
नयाँ गारो हाली पर्खाल हाँसेको देख्न चाहन्छु

अन्तिम इच्छा छ मैले यो संसार छोड्नु पहिले
मेरो प्यारो देश नेपाल हाँसेको देख्न चाहन्छु

रबिन मगर, पाँचथर

  • गजल -9
    रगतको थोपा थोपाले भन्छ
    मेरै हौ तिमी आत्माले भन्छ

मुखले त भन्छौ गर्दिन माया
वास्तविक कुरा आँखाले भन्छ

यही हो सँसार म यसको राजा
कुवाको ठूलो माछाले भन्छ

खै किन बोक्छस् ? छोडी दे मलाइ
पिठ्युँको रित्तो झोलाले भन्छ

हुँदैन गर्न पवित्र माया
न वेदले भन्छ न गीताले भन्छ

पुस्कर अधिकारी, नुवाकोट

  • गजल -10
    अगाडि जाने लक्ष्य होला कि खुट्टा तान्नेहरूको?
    तर म नै हुन्छु संधै अगाडी खुट्टा तान्नेहरूको

मलाई अगाडी बढ्ने क्रममा प्रेरणा मिलेको छ,
केहि बाटो छेक्नेहरूको केहि खुट्टा तान्नेहरूको

दुश्मन दोस्रोमा मित्र पहिलो स्थानमा पर्छ,
यदि बनाउने हो भने सूची खुट्टा तान्नेहरूको

गन्तव्यमा निश्चय पनि त्यहि ब्यक्ति पुग्छ,
जो हिड्दछ पर्वाह नगरि खुट्टा तान्नेहरूको

तान्न खोजेका खुट्टाहरू कहाँकहाँ सम्म पुग्छन,
खुट्टा तानेरै बित्छ जिन्दगी खुट्टा तान्नेहरूको

प्रकाश खनाल, अर्घाखाँची

  • गजल -11
    तिमीले जित्यौ हार भयो, आखिरीमा मेरो
    किन आयौ? छोड्ने भए, जिन्दगीमा मेरो

छुरा रोप्यौ पछिबाट, मरेतुल्य पारीदियौँ
बास मागी कोमल मुटु, ढुकढुकीमा मेरो

सारा खुशी भएभरको, सुम्पिदिँदा पनि
गयौ टाढा आगो लगाई, कलेजीमा मेरो

तन दिएँ मन दिएँ जे जे माग्यो सारा दिएँ
किन लायौ खोट? चोखो, पिरतीमा मेरो

भुल्यौ होला तिमीले, कसरी खै मैले भुलूँ
आउछौँ तिमी हरेक रात, सपनीमा मेरो

कपिल मणि, दाङ

  • गजल -12
    भोग्नुछ युवा, खाडीको घाम, रोएर के गर्नू
    सहेर गाली , गर्दैछौं काम , रोएर के गर्नू

सम्झेर घर, पसिना झार्छौं, उराठ भूमिमा ,
दिँदैन पूरा, श्रमको दाम, रोएर के गर्नू

जीवन धान्न, आश्रित बनी, विदेशी माटोमा ,
नआई हुन्न , लामका लाम , रोएर के गर्नू

छोराको बाटो, हेरेर बस्दा, ती बृद्धा बा“आमा ,
अधिन भित्र, तड्पिन्छौं आम , रोएर के गर्नू

गोर्खाली वीर, भनेर चिन्थे, दुनियाँ साराले ,
गुलामी बन्दा, मेटियो नाम , रोएर के गर्नू

गोविन्द के.सी. “अभीष्ट”, म्याग्दी

  • गजल -13
    हे सरकार बिन्ती गर्छु आमा नबेचिदेउ
    सगरमाथा इतिहासको पाना नबेचिदेउ

बेच्छौ भने बरु मेरै पसिनाको नदि बेच
बटुवाले तिर्खा मेट्ने धारा नबेचिदेउ!

रातो रगत चन्द्र सूर्य झण्डामा छ मेरो
रातै रगत गुराँसका माला नबेचिदेउ

हाड छाला ओछ्याएर सुत्नुभा’छ आमा
वृद्धआश्रम भत्काएर भाटा नबेचिदेउ

न्याय हुन्न पैसा हुन्छ तिम्रो अदालतमा
निसाफ हेर्ने स्वयम्भूको आँखा नबेचिदेउ

बिन्दा लामा “तृष्णा”, सिन्धुली

  • गजल -14
    यहाँ आँसु बग्दै नयनमा नदी छन्
    अरे चोट पीडा कति छन् कति छन्

सबै आज भन्छन् विदेशी मलाई
कठै गाउँमा ’बा’अरूका हली छन्

तिमी बिर्स भन्छ्यौ म बिर्सू कसोरी?
सदा याद तिम्रै घडी हर घडी छन्

भएँ प्रेम रोगी सदा दुख्छ छाती
कहाँ मिल्छ डाक्टर र के औषधी छन्

दुखी हाँस्न खोज्दा खुशी लुट्न खोज्ने
जगतमा अनौठा अनौठा सखी छन्

सुमन Ido, ईलाम

  • गजल -15
    यी खोक्रा र बोक्रा नारासँग के माग्छौ
    कानूनको निकम्मा धारासँग के माग्छौ

जे जे माग्नु छ त्यो महलसँग माग
यो झुपडिको सर्वहारासँग के माग्छौ

अदालतको ढोकाबाट न्यायको भिख
आफ्नै छोराको हत्यारासँग के माग्छौ

ए काला पानी सुस्ता तिम्रो लालपुर्जा
माटो बेच्ने देशमारासँग के माग्छौ

बुद्धले नेपाललाई पठाएको चिठ्ठी
यी विस्तारवादि हल्कारासँग के माग्छौ

अनिश न्यौपाने “मनको आँखा”, मकवानपुर

  • गजल -16
    लगाउन नसक्नेले,झुपडीमा त्रिपालहरू
    खडा किन गर्छौ,अहंकारका पर्खालहरू

अर्काको विरोध गरी,आफैंले आफैंलाई
देशभक्त भन्छन्,मानवताका दलालहरू

मान्छे मान्छे बिचमा,तेरो मेरो छुट्याउने
बन्द गर भो तिम्रा,सामाजिक संजालहरू

खेती गर्नेहरू आफै,वैचारिक भिन्नताको
उब्जाउंछन् कति,सवालभित्रै सवालहरू

धनि मान्छे सम्पत्तिको,विवरण खुलाउंदैन
यहाँ त करोडौँको,कुरा गर्छन् कंगालहरू

प्रतिक संग्रामी बिज, दाङ

  • गजल -17
    यसै चाल मारेर आए त भैगो
    बिना गाल पारी समाए त भैगो

कतै धक नमानी भई आउ मुग्ध
सुसेलेर ढोका खुलाए त भैगो

छ भूचाल मनमा उठेको तरङ्ग
मिठो साइनोले सुसाए त भैगो

म उत्ताउली हैन बल्दो छ बैस
र आगो सुटुक्कै निभाए त भैगो

बुझेनन् कसैले तिमी नै बुझाऊ
जवानी छ प्यासी पियाए त भैगो

भेषराज कार्की, झापा

  • गजल -18
    म त प्रित छरीकन नायक बन्न तयार छु है
    मनकुञ्ज घुमी अझ पायक बन्न तयार छु है

दुनियाँ भरको पिर दुस्ख हटाउन आज तिमी
सरकार चलाउ सहायक बन्न तयार छु है

जसरी हर जीवनको सबथोक भएर रह्यौ
सुख(शान्ति छरेर विधायक बन्न तयार छु है

रचिएछ अनेक विचार गरि मनमा गजल
नवगीत सुधा भर गायक बन्न तयार छु है

ती चुरा र टिकी सिउँदो भरिने अझ आश गरे
मधुमास सरी अब लायक बन्न तयार छु है

प्रकृति प्रेमी, चितवन

  • गजल -19

कर्णाली महाकाली त के यहा नाईल हराउछन
देश बलात्कारिको अदालतमा फाईल हराउछन

पैसा परे ढुङ्गो माटो खरानी पनि बेच्छन् यिनले,
हेर्दै जानुस मन्दिरको ईट्टा अनि टाईल हराउछन

साँघुरिदै छ आयतन सार्दैछन् जङ्गे पिलरहरू,
बित्ता हात मिटर गर्दै हजारौ माईल हराउछन

पुर्खाको विरासतमा भाइ भाईको लुछाचुँडी भो,
स्वार्थमै आमाको सिन्दुर पोते पाईल हराउछन

खुकुरी र साहसमा पुर्खाले आर्जेको विरगाथा,
बन्दुक बारुद त के यहाँ अब मिसाईल हराउंछन

कविराज क्षेत्री ‘बेबि’, रोल्पा

  • गजल -20
    म रहरका कुरा गर्छु, ऊ जहरका कुरा गर्छ
    बाँधिदिन्छ पाउ मेरा, र सफरका कुरा गर्छ

मैले मुटु बेचिदिँए, हातमुख जोर्न यहाँ,
ऊ सोह्र शृङ्गार गुलाबी, अधरका कुरा गर्छ

तँ नारी होस् भन्दै सँधै, भेदभाव गर्नेले नै
सिकाउँछ उल्टै मलाई, कदरका कुरा गर्छ

भोकभोकै तड्पाएर, घरभित्र एउटीलाई
बाहिर बाहिर नशालु, नजरका कुरा गर्छ

दोबाटोमै साथ छोडि, रुवाएर जुनीजुनी
बर्षाैंपछि भेट्छ मिठा, खबरका कुरा गर्छ

सीता प्याकुरेल, धादिङ