(गजल) देश छोड्नु पर्दा धरधरि रोए

गजल
देश छोड्नु पर्दा धरधरि रोए।।
उन्को आशु झर्दा धरधरि रोए।।

शान्तिको दिप बोकि हिडेका बुद्ध ।।
अकालमै मर्दा धरधरि रोए।।

राहदानी दिई रोजगारी दियो ।
देश्ले यसो गर्दा धरधरि रोए ।।

भालेको डाको सँगै एका बिहानै ।।
राप्ती नदि तर्दा धरधरि रोए ।।

भाडा नदिई कोही दिल्मा बसेथ्यो ।
आज डेरा सर्दा धरधरि रोए ।।

एस पि माथवर
दाङ देउखुरी