लोकेस जलनको उ अाए जस्तै दिलको कठघरामा न्याय माग्न

जगल

उ अाए जस्तै दिलको कठघरामा न्याय माग्न ।
अचना अाई पुगेको छ बन्चरामा न्याय माग्न ।

नानीहरूलाई भबिष्यले डर त्रास देखाई रहदा ,
पाठशाला कुदेका छन कखरामा न्याय माग्न ।

कथङ्काल काडाबाट पर्यो भने बलत्कारमा ,
जाला कि नजाला फूल भवरामा न्याय माग्न ।

म पनि यो जवानी सग प्यार बोकेर कुनै बेला ,
धाएको थिए एकहोरो अप्सरामा न्याय माग्न ।

जसरी अाज सिहदरबार पसेको छ त्यसरी ऊ ,
कसो नअाउला एकदिन टहरामा न्याय माग्न ।
लोकेश जलन
देबस्थल सल्यान