खेलकुद क्षेत्रमा राजनिति नगर्न युबाहरु काे अाग्रह

 

दाङ, ११ भदौ । बबई गाउँपालिकाको गाउँसभाले रंगशालाको नाम परिवर्तन गरेको प्रति बबई गाउँपालकाका युवा तथा खेलकुद विकास समितीहरुले विरोध जनाएका छन् । साविक पुरन्धारा गाउँ विकास समितिको नाम बाट राखिएको पुरन्धारा रंगशालाको नाम गाउँसभाबाट मदन भण्डारी रंगशाला नाम राखेको प्रति युवाहरुले विरोध जनाएका हुन् ।

 

पुरन्धारा खेलकुद विकास समितीले खेलकुद जस्तो साझा खेल र साझा रंगशालाको नाम एउटा अमुक पार्टीका भुतर्पर्व महासचिवको नामबाट राखेर खेललाई एमालेकरण गरिएको प्रति विरोध जनाएको हो ।

 

 

यता खेलकुद जस्तो साझा रंगशालालाई एमालेले पार्टीकरण गरेको भन्दै नेपाल तरुनदलले पन तत्तकाल नाम हटाउन र फेर्नै परे कुनै साझा नाम राख्न माग गरेको छ । तरुनदलले भनेको छ एमालेले गरेको यो निर्णय जति निन्दा गरेपनि कमै हुन्छ ।

 

खेलकुद विकास समितिका अध्यक्ष बालकृष्ण खत्रीले सामाजिक सञ्जाल मार्फत यसरी पनि विरोध जनाएका छन् ।

 

 

पुरन्धारा खेलकुद विकास समितीका अध्यक्ष बालकृष्ण खत्रीद्वारा जारी विज्ञप्तीमा भनिएको छ – नाम परिवर्तन फिर्ता नभए थप आन्दोलनका कार्यक्रम तय गरिने छ ।

 

 

त्यस्तै नेपाल तरुणदलबबईगाउँपालिका सविक पुरन्धारा गाउँ विकास समितिका सचिव विष्णु घर्तीले जारी गरेको विज्ञप्तीमा पनि –खेलकुद जस्तो संवेदनशिल क्षेत्रलाई राजनितिकरण गर्नु निण्दनिय भएको भन्दै यदी नाम नसच्याइए आन्दोलनका थप कार्यक्रम सार्ववनिक गर्ने जनाएको छ ।