वडाध्यक्ष माथिको कारबाही फुकुवा

रोल्पा, कार्तिक  । नेपाली काँग्रेस रोल्पाले स्तानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवार बनेका सुवर्णावती गाउँपालिका वडा नं. २ का वडाध्यक्ष नेत्र गिरीलाई गरिएको कारबाही फुकुवा गरेको छ ।


पार्टीको नीति विपरीत स्थानीय तह निर्वाचनमा गिरीले बागी उम्मेदवारी दिएको भन्दै काँग्रेस रोल्पाले पार्टीबाट निष्काशित गरेको थियो । पार्टीका आधिकारिक उम्मेदवार मदनसिंह ठकुरी विरुद्ध बागी उम्मेदवारी दिएर गिरी वडाध्यक्षमा निर्वाचित भएका थिए । पार्टीका क्रियाशील सदस्य गिरी अहिले पार्टीको नीति, विधिविधान बमोजिम काम गर्न प्रतिवद्ध भएपछि कारबाही फुकुवा गरिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिंह पुनले जानकारी दिनुभयो । गिरीसँगै कारबाहीमा परेका गाृउँ इकाई उपसभापति रामलाल गिरी, पुराना कार्यकर्ता प्रेमसिंह भारती, कोषाध्यक्ष अशोक गिरी, क्रियाशील सदस्य दार्ण गिरीलगायतको कारबाही पनि फुकुवा गरिएको काँग्रेस रोल्पाले जनाएको छ ।

नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *