रोल्पाको शिवालय मन्दिरमा तोडफोड,समान लैजादै गर्दा स्थानियवासिद्वारा एक पक्राउ-

 

रोल्पाको रुन्टिगढि गाउपालिका वडा नं ४ मसिनामा रहेको शिवालय मन्दिरमा आज बिहानै तोडफोड भयको छ।बिहान करिब दुइ बजेतिर बाइक र पैदलमा आयको एक समुहले मन्दिर तोडफोड गर्नुको साथै मन्दिरभित्रका समानहरु छरपस्ट पारिदियका छन्।एक स्थानियका अनुसार मसिनाको रिबिल्जामा रहेका केहि पसलहरु समेत तोडफोड भयका छन्।वडा नम्बर ४ का अध्यक्ष पारसमणि गिरिले घटनामा संलग्न जोसुकैलाई पनि तत्काल पक्राउ गरि कार्यवाहि प्रक्रिया अगाडि बढाउन माग गर्नु भयो।

प्रहरि चौकिको नजिकै यस्ता अप्रिय घटना घट्नु सुरक्षा निकायलाई चुनौति होइन भन्ने हाम्रो प्रस्नमा अस्थायी प्रहरि चौकि सुर्पालका असइले यो घटनाले आफुहरुलाई सजग रहनु पर्नेमा जोड दियको प्रतिक्रिया दिदै घटनामा संलग्न एक जनालाई मन्दिरको समानहरुसहित स्थानियहरुले अस्थायि प्रहरि चौकि सुर्पालमा बुझाइसकेको जानकारी समेत दिनु भयो।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजि कार्य भैरहेको र पक्राउ परिसकेकालाई जिल्ला चलान गर्ने तयारी रहेको बुझिएको छ।स्मररण रहोस् तोडफोड गरियको शिवालय मन्दिर यो क्षेत्रकै पुरानो र एतिहासिक महत्व रहेको मन्दिर हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *