यसरी सकियो प्रसिद्ध डिग्रे मेला (फोटोफिचर)

रुकुम : मन्दिर दर्शनका लागि साथै मेला भर्न विभिन्न ठाँउबाट आएका हजारौंको संख्यामा आएका दर्शनार्थीको भीडभाडलाई छिचोल्दै स्थानीय सखालहरु लाठीसहित मेला पसेसंगै रुकुमको प्रसिद्ध डिग्रे शाईकुमारी भगवतीको मन्दिर परिसरमा लाग्ने पाँच दिने मेला शनिबार भव्यताका साथ सकिएको छ।
पश्चिम रुकुम अन्तरग पर्ने ६ नं. प्रदेशको एक प्रमुख धार्मिक स्थाल मध्य पर्ने डिग्रे शाईकुमारी मन्दिर परिसरमा हरेक बर्ष हरिबोधनी एकादशीको दिनदेखि कार्तिक शुक्ल पुर्णिमासम्म लाग्ने डिग्रे मेला स्थानीयले लठी घुमाएर मेला परिक्रमा गरेपछिसम्पन्न हुने प्रचलन रहेको छ ।

200×200
लगातार पाँच दिनसम्म लागेको यस मेलामा मन्दिर दर्शन, मेला भर्न साथै पुजाआजाका लागि धन्नै एक लाख बढी दर्शनार्थी आएको मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार मेलाको अन्तिम दिन मात्रै करिब ५० हजार बढीले मेलाको दर्शन गरेका छन् भने लाखांैको व्यापार पनि भएको जनाइएको छ ।
स्थानीय कला-संस्कृती र स्थानीय परम्पराको अनुपम संगमको रुपमा रहेको यस मेलामा मेला भर्न र मन्दिरको दर्शन गर्न रुकुम (पश्चिम-पूर्व)का स्थानीयका साथै छिमेकी जिल्लाहरु रोल्पा, डोल्पा, सल्यान, जाजरकोट, प्युठान, दाङ, सुर्खेत, बाँके लगायतका ठाउँबाट समेत हजारौ दर्शनार्थीहरु यहाँ आउँने गरेका छन्।

मनोकामना पूरा हुने विश्वास र आफ्नो भाकल पूरा भएकोमा कृतज्ञ हुदै यहाँ हरेक बर्ष बोकाको बलीसमेत दिने गरिन्छ । मेलाको बेलामा मात्रै नभएर अन्य समयमा पनि यस मन्दिरमा बली चढाउने गरेको पाइन्छ । बली दिन ल्याएका बोकाको टाउको मन्दिरका तर्फबाट बिक्री गर्ने गरेका कारण मेलाको मुख्य आम्दनीको रुपमा यो रहने गरेको छ भने मन्दिरमा भेटी स्वरुप चढाइने दक्षिणा र मेला स्थलमा होटल-पसल गरे बापत आउने रकम पनि अम्दनीको रुपमा रहने शाईकुमारी भगवती मन्दिर व्यवस्थापन, पर्यटन तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष लालबहादुर केसीले बताए। from annapurnapost

Leave a Reply

Your email address will not be published. Required fields are marked *