कभर गीत बाट चर्चाको शिखर चुम्न सफल गायिका किशु भन्छिन् संगीत नै मेरो जिन्दगी हो

 

पासाङ्ग तामाङ्ग:/नेपालको पूर्बी जिल्ला सोलुखुम्बूको   रमणीय स्वर्गजस्तै सल्यान दोदी गाउँमा २०४६ साल असोज ०६गतेका दिन पिता सानु राजा थापा मगर र माता बिर्खमाया थापा मगरको ठुली सुपुत्रिका रुपमा जन्मनु भयकी थिईन गायिका किशु थापा मगर[गुरुङ] हाल रोजगारीको सिल सिलामा इजरायलमा विगत ४ बर्ष देखिन् कार्यरत छिन्।

हँसिलो मुहार मिलनसार स्वाभावकी धनी गायिका किशुको सानैदेखि नेपाली गीत गाउने खुबै रुचि थियो,जुन आज आएर पुरा भएको छ।फुर्सदको समयमा गीतहरु गाउँघरको मेलापात,दाउरा घाँस उकाली ओराली गर्दा रेडियोमा बजेको गीतहरु गुन गुनाउदै यसरी नै किशुको बाल्यकाल बितेको उनी बताउँछिन।

आफ्नै देशको माटोमा पसिना बगाएर आफ्नो उज्ज्वल भबिष्य बनाउने सुन्दर सपना बोकेकी थिईन किशुले। तर जिवनमा सधैं आँफुले चाहेको जस्तो कहा हुन्छ।गीत नै छ नी”सोचेजस्तो हुन्न जीवन सम्झे जस्तो हुन्न जीवन”हो ठ्याक्कै यो गीतले भने जस्तै किशुले पनि सोचे भन्दा अलि बेग्लै भयो।आफ्नो स्वर्ग जस्तो देश र सुन्दर परिवारलाई चटक्कै छोडेर आज उनी परदेशी बन्न पुगेकी छन।हाल उनी इजरालमा कार्यरत छिन।

आफु दु:खी भए पनि आफन्त साथी संगीलाई खुशी दिने किशुले संगीत क्षेत्रमा कभर गीत गाएर चर्चाको शिखर चुम्न सफल भएकी थिन।सुमधुर आवजकी धनी किशु पढाईको सिलसिलामा गाउँबाट झापा झरीन।
अध्ययन सके पछि पासाङ्ग गुरुङसँग बैबाहिक जिवनमा बाधिएकी किशुकी एक गुलाफको फूल झै सुन्दर छोरी पनि छिन् ।

सोचे जस्तो कहाँ हुन्छ जिवन चाहेर पनि आँखाको नानी मुटुको टुक्रा जास्ती सुन्दर छोरीलाई घरमै छाडी कामको सिलसिलामा प्रवासिएकी किशु इजरायलमा विभिन्न किसिमका सांगीतिक कार्यक्रमहरुमा पनि सभागी हुने गर्छिन।

किशु भन्छिन् :

मैले कहिले पनि सोचेको थिइन प्रवासि भूमि देखी मेरो सांगीतिक यात्राको सुरुवात हुन्छ भनेर।पछिल्लो समयमा उनले धेरै गायक/गायिकाको कभर गीतहरु गाएकी छिन् ।कभर गीत गाउन थाले पछि एक किसिमको भित्री मनबाट अझै गीत गाउने उत्साह र आफ्न्त अनि साथी संगीहरु बाट धेरै हौसला पाएका कारण अझै हौसला जागेर आयो।

संगीत भनेको के हो त ? भनेर आफैले आफुलाइ प्रश्न गरे र संगीतको अनुभव बटुलेर हेर्छु भनेर मैले कभर गीत गाउन कोसिस गरे र पहिलो पटक मैले गायक महेश थुलुङ्को आवाजमा रहेको भुवनले लेख्नु भएको “आकाशैमा चिल हो कि बेसारा” भन्ने गीत -2015
सालमा मैले कभर गीत गाएर मेरो फेस्बुकमा पोस्ट गरे।

सम्पुर्ण दर्सक श्रोताबृन्धहरुले यती धेरै मन पराइ दिनु भयो जुन गीतबाट मैले किशु भनेर चिन्ने एउटा अवसर पाए।त्यसपछि मैले धेरै कभर गीतहरु गाउदै गए र सबै दर्शकहरुले मन पराइ दिनु भयो र अन्लाईनको दुनियाँमा हाम्रो प्रतिभाले आयोजना गर्दै आएको कार्यक्रम व्हाटसप ग्रुपमा प्रबेस गरे र जहाबाट मैले हरेक कुराहरु सिक्ने मौका पाए,निर्णयक ज्युहरुले कमि कम्जोरी अौंलाई दिनु भयो जस्ले गर्दा मेरो सांगीतिक यात्रामा कमजोरीहरूलाई सुधार्ने मौका मिल्यो र आज यो स्थान सम्म आइपुग्न सफल भएकी छु।हाम्रो प्रतिभा परिवारलाइ ह्र्दय देखी नै धन्यवाद आभार प्रकट गर्दछु।

हेर्नुहोस भिडियो::

त्यसै गरि मेरो परिवारबाट अनि दर्शकहरुबाट पनि तेतिनै साथ सहयोग पाएकी छु किशु भन्छिन।दुइ वटा गीत रेकर्डिङ भएका छन् “मै राम्री हो कि खै तिम्रो आखा राम्रो ” गीतको गीतकार हुनु हुन्छ योगेश बानु राइको र संगीत भर्नु भएको छ रमेश युडिले भने स्वर किशु आफै दिएकी छीन् भने एरेन्ज गर्नु भएको छ आदरणीय बुद्ध सायमीले।

हेर्नुहोस भिडियो::

अर्को गीत रहेको छ “जाले रुमाल मेरो जलहारीलाइ होइन ” कोशी किनारेको उत्कृष्ट शब्द रहेको छ भने संगीत भर्नु भएको छ रबि लामाले स्वर किशु आफैले दिएकी छिन् भने एरेन्ज गर्नु भएको छ ,आदरणीय बुद्ध सायमीले र रेकर्डिङमा किशुलाई साथ दिनु भएको छ विशेष गरेर आदरणीय लोक गायक रेशम छेत्री,क्यामारामा साथ दिनु भएको छ आदरणीय पत्रकार अनिल सिङ राजपुर र साथमा हुनुहुन्छ मुना बजगाइ,सुमि छेत्री यहाँहरुलाइ हृदय देखी नै धन्यवाद आभार प्रकट गर्दछु ।हाम्रो प्रतिभा यूट्यूब च्यनल मार्फत सार्बजनिक भएको छ ।

हेर्नुहोस भिडियो::

Leave a Reply

Your email address will not be published. Required fields are marked *