प्रहरी र विप्लव कार्यकर्ताबीच दोहोरा फायरिङ , वर्षमानसहित बाम उम्मेद्वारको गाडीमा बम बिस्फोट

रोल्पा । रोल्पा जिल्लाको माडीगाउँपालिका– १
स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान
पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लव
कार्यकर्ताले बाटोमा ओछ्याएको माइन बम विस्फोट
भएको प्रहरीले जानकारी दिएको छ । विस्फोटका कारण
गाडीमा समान्य क्षति पुगेको छ । विस्फोट लगत्तै बाटो
छेउमा लुकेर बसेका विप्लवका कार्याकर्ताले वाम
गठबन्धनका उम्मेवारलाई लक्षित गरी फायरिङ गरेका थिए
। उम्मदेवारको सुरक्षामा स्कटिङमा रहेको टोलीले
जवाफी फायरिङ गरेपछि आक्रमणकारी भागेको स्रोतले
बतायो ।

माइन बिस्फोट हुँदा दुईवटा गाडीमा सामान्य क्षति भए
पनि गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति
सामान्य भइसकेको रोल्पाका उम्मदेवार वर्षमान पुनले
अनलाइनखबरलाई जानकारी दिए । ‘वाम गठबन्धनका
उम्मदेवारहरुको हत्या गर्ने उद्देश्यले शक्तिशाली माइन
विस्फोट गराइए पनि गाडीमा मात्रै सामान्य क्षति भयो,
हामी सबै सकुशल छौं पुनले जानकारी दिए । वर्षमान पुनसमेत
चढेको गाडीमा माओवादीकी समानुपातिक उम्क्मदेवार
जयपुरी घर्ती पनि थिइन् ।त्यसैगरी एमालेका पोलिटब्यूरो
सदस्य गोकुल घर्ती र एमालेबाट प्रदेशसभाका समानुपाति
उम्मेदवार ईश्वर घर्ती पनि गाडीमा थिए ।माओवादी
तर्फका समानुपातिक उम्मदेवार दीपेन्द्र पुन सिजल पनि
गाडीमा थिए ।

विस्फोटनको घटनालगत्तै प्रमुख निर्वाचन आयुक्त
अयोधीप्रसाद यादवले माओवादी नेता पुनलाई टेलिफोन
गरेर घटनाको स्थितिबारे सोधेका थिए । शुक्रबार मात्रै
रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई
लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए।
स्रोत : नयाँ बाटो

Leave a Reply

Your email address will not be published. Required fields are marked *