सर्बाधिक चर्चामा कौडा गित भञ्ज्याङैको चौतारीमा

महेन्द्र मगर रेडियो नबिन संसार रोल्पा

लोकतथा दोहोरी  गायक सुरज थापामगर र लोक तथा दोहोरी गायिका रमा रानामगरले नयाँ कौडा गीत “भञ्ज्याङैको चौतारी” बजारमा ल्याएका छन् । सुरज थापा मगर र  रमा राना मगरले स्वर दिएको यस कौडा गीतको शब्द  रूद्र ‘सन्देश’ मगरले लेखेका हुन् भने लोक तथा दोहोरी गायक नवीन रानामगरले लय सिर्जना गरेका हुन् ।

 

टाइगर्स फिल्मस् प्रालिको प्रस्तुती रहेको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका छन  भने छायांकन तथा सम्पादन दानबहादुर श्रीसमगर र मिलन गुरुङले गरेका हुन् ।  म्यूजिक भिडियोमा मोडलहरू जुना मगर र दमना रानामगरले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *