आइसियुमा उपचारत उज्ज्वल रानालाई समाजसेवि तिब्बत दर्लामी द्वारा सहयोग, साथै सबैलाई सहयोगका लागि हार्दिक अपील…..

नवराज बुढा

ग्वार्को ललितपुर स्थित किष्ट मेडिकल अस्पतालमा उपचाररत काभ्रेका उज्ज्वल रानालाई नेपाल युथ फाउण्डेसन नामक एक सामाजिक संस्थाले मानविय सहायता स्वरुप रु. २०,००० रुपैया नगद युवा साहित्यकार तथा समाजसेवी तिब्बत दर्लामिको हातबाट सहयोग पीडितका आफन्तलाई प्रदान गर्नु भएको छ। राना ब्रेन टिबी, ब्लड प्रेसर, जण्डिस, प्यारालाइसिस लगायतका रोगहरुले ग्रस्त छन्। गत कार्तिक ७ गतेबाट हालसम्म आइसियु मा राखेर उपचार गरिरहेका रानाको उपचारमा ७ लाख भन्दा बढी खर्च भैसकेको पारिवारिक स्रोतले बताएको छ।

गाउको सहकारी सस्थाहरुबाट ऋण लिएर उपचारमा खर्च गरे पनि बिरामी अझै यथाबत नै छन। अझै धेरै दिन हस्पिटलमा बस्नुपर्ने अवस्था रहेकोले उनको उपचारमा आर्थिक समस्या निकै नाजुक रहेकाले देश बिदेशमा छरिएर रहेका सबै दयालु महानुभावहरुमा सक्दो सहयोग गरिदिनुहुन उनका आफन्तहरुले हार्दिक अनुरोध गरेका छन।

प्रकाशित समय : ०५:०५
मिति: २०१७/११/१५ तारिख

Leave a Reply

Your email address will not be published. Required fields are marked *