वडा प्रहरी घोराहीले अवैध घरेलु मदिराहरु नस्ट

सागर थापा

दाङ – वडा प्रहरी कार्यालय घोराहीले उपमहानगरपालिका क्षेत्रको घोराही एरियामा अवैध घरेलु मदिराहरु निर्वाचनको क्रममा नियन्त्रणमा लिएको छ ।
अवैध घरेलु मदिराको कारण घरेलु हिंसा बढेको र अपराधिक गतिबिधी बढेको भन्दै यस्तो अभियान सुरु गरेको वडा प्रहरी कार्यालय घोराहीका प्रहरी प्रमुख निरीक्षक रन्जन अवाले जानकारी दिएका  छन् ।

त्यसै, गरेर घोराहीको फुर्सेखाली गिथैपानी बडरा मसिना रझेना दह लगायत घोराहीको विभिन्न होटेलहरूवाट समेत पक्राउ गरि नियन्त्रणमा  लिन सुरु गरेको छ । यसरी नियन्त्रणमा लिएको १३ सय लिटर अवैध घरेलु मदिरा बुधबार वडा प्रहरी कार्यालय घोराहीको परिसरमा नस्ट गरेको छ ।

५ लिटरको ग्यालुनको १०. लिटरको ग्यालुन ५० लिटरको डराम लगायत १ सय ६१ वटा भाडामा रहेको अवैध घरेलु मदिराहरु नस्ट गरेको हो । आन्तरिक राजस्व

कार्यालय तुल्सीपुरका प्रतिनिधी, वडा कार्यालयका प्रतिनिधि,  पत्रकारहरुको सहभागितामा मदिराहरु नस्ट गरेको हो ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अवाले यो अभियान निरन्तर जारी राख्ने बताए ।
साभारःरातोपाटी

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)