हेटौँडालाई प्रदेश राजधानी बनाउन माग

हेटौँडा – संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति, मकवानपुरले ३ नं प्रदेशको राजधानी हेटौँडा बनाउनुपर्ने माग गरेको छ ।

जिल्लाका जनताको भावनाअनुरुप राजनीतिक दल, सामाजिक संघ संस्था र स्थानीय तहको सरकारका तर्फबाट हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनुपर्ने समितिका संयोजक मुनु सिग्देल र सहसंयोजक बलराम बलद्वारा जारी विज्ञप्तिमा जनाइको छ ।

राजधानी बनाउन सरोकार समितिसमेत गठन गरी माग गरिँदै आएको भन्दै समितिले तत्कालीन सरकारले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकिसकेको भनी निर्वाचन प्रचारबाजीको विषय बनाएकामा विरोधसमेत गरेको छ ।

‘तत्काल राजधानी बनाउने दबाबलाई भ्रमित पार्ने काम गरेको हुँदा उक्त गलत प्रचारबाजीको घोर विरोध गर्दै, वर्तमान सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गर्दै गरेको हुँदा हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउनका लागि तुरुन्त निर्णय गर्न जोडदार माग गर्दछ’–विज्ञप्तिमा भनिएको छ ।

 साभारःरातोपाटी

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)