कविता: पाठेघर

-वादलदेवी चाम्लिङ  

एउटा मीठो सृष्टि धुनको स्रोत
मेरो पाठेघर
जुन पेटले जति शीतला अनुभूति दिन्छ
त्योभन्दा मीठो आनन्द मेरो पाठेघरले दिन्छ
नदीको मुहानको शक्तिभन्दा उचो वैभ छर्छ
जुनहरू फूलहरूको ब्याड
उम्रन्छन्, फुल्छन, खुल्छन्
र सजाउँछन् ब्रह्माण्ड बगँैचा
जूनको बीज छर्नुहोस
जूनै उम्रन्छ
फूलको बीज छर्नुस फूलै उम्रन्छ
पहाड खोला, नदी, छट्टान
मरुभूमि जे–जे छर्नुस्
तिनै तिनै उम्रन्छन्
आउनुस्
सुनाखरी भएर
बाँस भएर
गुराँस भएर
अथवा काँडा भएर
आँधी हुरी भएर वीष भएर

धर्म नछोडि आउनुस्
कर्म गर्नुस
आआफ्नो सौन्दर्य नभत्किने गरी
अस्तित्व बचाइएर जानुस्
बाँच्नलाई प्रशस्त ठाउँ छ
जस्तो रूखको बोक्रा भीर, चिस्यान, जमिन, बगर, मैदान आदि
मेरो पाठेघर हृदयको सम्बन्ध
पानीले भरिएको कुलोसँग
अनेकन वनस्पतिको फल बियाँ छर्ने
घना जङ्गल शीत
अक्सिजन फालिरहने रूखहरू
तुलसीका झ्याङहरूसित
पाखाबारीको निधार टल्काउने खडेरीसित
फूलहरूको परागशेचन गराइदिने हावा, भमराहरूसित छ
यिनीहरू भन्दा बढ्ता तिमीसित छ ।
तिम्रो आँखामा बसेको मेरो छायाँ पन्छाएर
पश्चिम बहन्छौ
यहाँ अँध्यारो हुन्छ
मुहारमा कलिलो क्रान्ति बोकेर फेरि झुल्कन्छौ
म उज्यालो भएर खुल्छु
उता अध्यारो हुन्छ
तिम्रो उपस्थितिको महत्व यही स्पष्ट हसन्छ ।
मेरो अनुपस्थितिमा
कुनै फूलप्रति तिम्रो प्रेम जम्यो भने
सुख भेट बनेर बाँचिरहोस्
विधिसङ्गत पिरतीमा रुझेर टक्टकिनु त
आँखिर मसँग नै हो ।
दोडेर पर टाढा पुग
थाकेर रोकिने बिन्दु यही हो
उफ्रिएर आकाश छोऊ
झरेर टेक्ने यही हो
रिसाएर रातो पिरो बन
धुम्म पर
अझै खुट्टा चलाऊ
हात न चलाऊ
सके खुकुरी उठाऊ
यी त कमै हुन
खग्रास, बल, ग्रहण त खेपेकै छ यो माटोले
ज्वालामुखी पचाएकै छ
धर्ती अजीवको छ
यो धर्ती
मेरो पाठेघरको विस्तृत रूप हो

Copy From Ratopati

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)