टेलिकम अपरेटरको आम्दानी घट्यो

काठमाडौं : सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ। टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रूपमा रहेको अन्तर्राष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा २५ प्रतिशतसम्म कमी आएको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन्।

ओभर द टप (ओटीटी) अर्थात कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप ह्वाट्सएप, म्यासेन्जर, आईएमओलगायत सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा गिरावट हुन थालेको नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले बताए। उनका अनुसार ओटीटीले गर्दा टेलिकम क्षेत्रमात्र नभएर केबल टीभी सेवा प्रदायकका साथै फिल्मी क्षेत्रमासमेत ठूलो असर परेको छ।

‘पहिले भिडियो हेर्न टेलिभिजन, फोन गर्न ल्यान्डलाइन फोन, डाटा चलाउन म्यासेज गर्नु पर्ने थियो’, उनले भने, ‘अहिले हातमा स्मार्टफोन र इन्टरनेट छ भने, एकै ठाउँबाट फोनकल, भिडियो कल, भिडियो हेर्न, म्यासेज गर्ने सकिने भएको छ। त्यसका लागि कुन ठाउँबाट इन्टरनेट आइरहेको छ, त्यो कुनै सरोकार भएन।’ ‘एउटा एप्समार्फत निःशुल्क कल, म्यासेज, भिडियोलगायत सुविधा पाउँदा ग्राहक यसमा आकर्षित भएका छन्, यसले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा वार्षिक रूपमा गिरावट आइरहेको छ’, उनले थपे।

टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलले दिएको जानकारीअनुसार केही वर्ष अघिसम्म पनि कम्पनीको कुल आयको ४२ प्रतिशत अन्तर्राष्ट्रिय कलको हिस्सा थियो। तर त्यो प्रतिशतमा अहिले ठूलो कमी आएको छ। अहिले घटेर त्यसको हिस्सा ३० प्रतिशतमा झरेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार डाटामा मानिसको पहुँच बढेको छ, स्मार्टफोन हातमा छ।

अनुसन्धानबाट प्राप्त प्रतिवेदनअनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको २५ प्रतिशत मानिस ओटीटीका सक्रिय प्रयोगकर्ता छन्। ओटीटीको प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा कमी आएको छ।

उनीहरूले आफूलाई सहज हुने माध्यमको रूपमा यस्ता एप्स प्रयोग गरिरहेका छन्। नेपालबाट यस्ता एप प्रयोग गर्दा डाटा प्रयोग भएअनुसार आम्दानी हुने भएकाले त्यसले केही हदसम्म कभर गर्छ। तर, बाहिरबाट एप्समार्फत कल गर्दा टेलिफोन सेवा प्रदायक कम्पनीले साधारण कलमा जस्तो च्यानल पार्टनरमार्फत आउने पैसा आउँदैन त्यसले पनि कम्पनी उक्त आम्दानीमा कमी आएको छ। यसका साथै यस्ता एप्सले गर्दा अन्तर्राष्ट्रिय कल रेटमा पनि कमी आएको छ। भाइबर, स्काइप ह्वाट्सएपलगायत एप्ससँग प्रतिस्पर्धाका लागि इन्टरनेसनल कम्पनीले कल रेट घटाएका छन् यसले गर्दा अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा कमी आएको छ।

नेपाल टेलिकमले पनि आफ्नो इन्टरनेसनल कलमार्फत हुने आम्दानीमा २५ प्रतिशतले कमी आइसकेको जानकारी गराएको छ। टेलिकमका अनुसार केही वर्षको अवधिमा नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा २५ प्रतिशले कमी आइसकेको छ। अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा वार्षिक रूपमा हुँदै आएको गिरावटले कम्पनीको आम्दानीमासमेत कमी आएको छ।

यो क्रम नेपालमामात्र सीमित नभएर अन्तर्राष्ट्रिय रूपमा रहेको देखिन्छ। अन्य मुलुकका टेलिकम सेवा प्रदायक कम्पनीका अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानीमा पनि वार्षिक २० देखि २५ प्रतिशतसम्म कमी आइरहेको अन्तर्राष्ट्रिय रिसर्च पोर्टल जुनिपर रिसर्चले उल्लेख गरेको छ। उक्त अनुसन्धानबाट प्राप्त प्रतिवेदनअनुसार विश्वमा इन्टरनेट प्रयोगकर्ताको २५ प्रतिशत मानिस ओटीटीको एक्टिभ प्रयोगकर्ता छन्। यसका आधारमा पनि ओटीटीको प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा कमी आउनु स्वभाविक भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार टेलिकम सेवा प्रदायक कम्पनीको म्यासेजिङ ट्यारिफमासमेत २३ प्रतिशतले कमी आएको छ। एप्सको प्रयोग गरी म्यासेज गर्ने प्रचलनले म्यासेजमा पनि २३ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ।

साभारःअन्नपुर्णपोस्ट

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)