डा नरेशप्रतापले पाए अवकाश, परिवार स्वास्थ्य महाशाखाबाट बिदाइ

काठमाडौं- परिवार स्वास्थ्य मशाहाखाका निर्देशक डा नरेशप्रताप केसीले सरकारी सेवाबाट अवकाश पाएका छन्। उनी उमेरहदका कारण मंगलबारदेखि सेवा निवृत्त भएका हुन्।

सरकारी सेवामा ३२ वर्ष बिताएका डा केसीलाई महाशाखाले एक कार्यक्रम आयोजना गरी बिदाइ गर्योा। ०४२ सालमा कालिमाटीस्थित ‘चेस्ट हस्पिटल’बाट मेडिकल अधिकृतका रुपमा काम सुरु गरेका उनले स्थायी जागिर भने ०४४ मा वीर अस्पतालबाट थालेका हुन्।

वीर अस्पतालपछि उनले करिब ८ वर्ष क्षयरोग केन्द्रमा काम गरे। त्यसपछि सिन्धुपाल्चोक, नवलपरासी, लमजुङ, धादिङ लगायत जिल्लामा खटिए। डा केसीले पूर्वाञ्चल क्षेत्रीय निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए।

डा नरेशप्रताप परिवार स्वास्थ्य महाशाखाका निर्देशक तीन पटक भए। यस्तै, उनले स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखा, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र र व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा समेत काम गरेका थिए।

डा केसीले यो अवधिमा नेपालको स्वास्थ्य क्षेत्रमा भएको प्रगतिले निकै खुसी प्रदान गरेको बताए।

‘३२ वर्षे सेवा अवधिमा मैले धेरै कुरा सिक्ने र बुझ्ने मौका पाएँ,’ उनले भने, ‘सेवाको यो दौरानमा स्वास्थ्य सेवाका क्षेत्रमा भएका प्रगतिले निकै खुसी बनाएको छ।’
उनले स्वास्थ्यका क्षेत्रमा आगामी दिनमा बाहिर बसेर पनि सहयोग गर्ने बताए।

साभारःस्वास्थय  खबर पत्रिका

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)