समानुपातिकमा पनि माओवादी पहिलो

प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार नेकपा माओबादी केन्द्रले २७ हजार २ सय २० मतका साथ पहिलो बनेको छ । दोश्रोमा रहेको नेपाली कांग्रेसले १५ हजार ८ सय ४७ मत पाएको छ भने नेकपा एमालेले १० हजार ५ सय ४५ मत पाएको छ । त्यसैगरी राप्रपाले १८ सय ३३, राप्रपा प्रजातान्त्रिले ६ सया ७५, नेकपा मालेले १ हजार ५९, राष्ट्रिय जनमोर्चाले ४ सय ३८, नया शक्ति पार्टीले २४, र बिबेकशिल साझा पार्टीले ८८ मत पाएको छ । १ लाख २७ हजार ६ सय २९ मतदाता रहेको जिल्लामा प्रतिनिधि सभाको समानुपातिकमा ७० हजार ५ सय ७० मत खसेकोमा ५९ हजार ७६ मत सदर भएको छ भने ११ हजार ४ सया ९४ मत बदर भएको छ । यसैगरी प्रदेश सभा क र ख तर्फ पनि माओवादी केन्द्र नै पहिलो पार्टी बनेको छ । माओवादी केन्द्रले २५ हजार २ सय ६० मत ल्याउदा नेपाली कांग्रेसको पक्षमा १४ हजार ४ सय १८ मत आएको छ भने नेकपा एमालेलाई १० हजार २ सय ७१ मत मात्रै आएको छ । त्यसैगरी नेकपा मालेले ९ सय ६७, नयाशक्ति पार्टीले १८, राप्रपा नेपालले १ हजार ८२, राप्रपा प्रजातन्त्रिकले १ हजार १९, विवेकशिल साझाले ७७ र राष्ट्रिय जनमोर्चा पार्टीले ४ सय ६ मत पाएको छ । प्रदेश सभा सदस्यको क र ख निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ खसेको ७० हजार ५ सय ७० मध्य ५४ हजार ८ सय ४ मत सदर भएको छ भने १५ हजार ७ सय ६६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रोल्पाले जनाएको छ ।

साभारःरोल्पा अनलाइन

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)