गजल-भुवन रोका

 

-भुवन रोका   

दरबार अनि हजुरिया आजको युगमा

पैसाले चल्छ दुनियाँ आजको युगमा

एकपल्ट लडेर हेर अधिकारको निम्ति

उसले उचाल्छ हँसिया आजको युगमा

कसले भन्यो कलम शक्तिशाली छ ?

तरबारहरू पो बलिया आजको युगमा

थाहा छ सप्रेको बाली साहुले लग्नेछ

अझै गर्दैछ ऊ अधियाँ आजको युगमा

महलको झ्याल खोल अनि देखिन्छ

मानिस बेच्ने हटिया आजको युगमा

साभार: रातोपाटी

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)