गुल्मीमा ३ आँखा, २ मुख भएको अनौठो गाई हेर्नेको घूइँचो

गुल्मी– गुल्मीमा ल्याइएको अनौठो प्रकारको गाई हेर्न सर्वसाधारणको घुइँचो लागेको छ । मकवानपुर हेटौडा उपमहानगरपालिका १८ मा रहेको त्रिनेत्र गौरी माता मन्दिरको टोलीले गुल्मी ल्याएको ३ आँखा र २ मुख भएको गाई हेर्न वामीटक्सार बजार र कुर्घा लगायतका स्थानका मानिसहरुको घुइँचो लागेको  हो ।

मन्दिरको सहयोगार्थ यो अनौठो प्रकारको गाई लिएर गाउ र शहरमा घुमाइने गरेको मन्दिर समितिका सदस्यहरुले बताएका छन् ।
सो गाइलाई गुल्मीका बामीटक्सार, कुर्घा मुसिकोटलगायतका स्थानमा गाडीमै राखेर घुमाइएको छ । अनौठो प्रकारको यो गाई हेर्न  आउनेहरुले ढोग्ने र भेटी चढाउने गरेको मन्दिर संरक्षण समितिका सदस्य सिताराम दाहालले जानकारी दिए ।

साभारः रातोपाटी

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)