समानुपातिकको दुई तिहाइ मत गनिसक्दा कांग्रेस–एमालेको मतान्तर झण्डै एकलाख

  • काठमाडौं– प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दुई तिहाइ भन्दा बढि मत मतगणना भैसकेको छ । अन्तिम चरणतर्फ पुगेको यो मत गणनामा एमालेले अग्रता कायमै राखेको छ ।

समानुपातिकतर्फ खसेको १ करोड ५ लाख ८७ हजार ५२१ मतमध्ये बिहीबार बिहान सवा ११ बजेसम्म उनान्असि लाख ४९ हजार २ सय ५१ मत गनिसकिएको आयोगले जनाएको छ । यति मत गन्दा एमालेले २७ लाख नौहजार ९ सय ३३ मत ल्याउदै अग्रता कायम गरेको हो । एमालेपछि दोस्रोमा कांग्रेसको मत छ । उसले २६ लाख २० हजार ६४९ मत पाएको छ । यो परिणाममा एमाले भन्दा कांग्रेस झण्डै एकलाखको अन्तरमा पछि छ ।

त्यस्तै तेस्रोमा माओवादी केन्द्र छ । उसले हालसम्म १० लाख ८६ हजार ४२५ मत ल्याएको छ । यो मत कांग्रेसको भन्दा झण्डै १६ लाखले कमि हुन आउँछ ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ३ लाख ८० हजार ७२६ मत ल्याउदै चौथो स्थान बनाएको छ भने राजपा नेपालले ३ लाख १६ हजार ६६४ मत पाएको छ । अहिलेसम्म बिबेकशील र राप्रपाले समानुपातिकमा २ लाख मत कटाउन सकेका छैनन् । विवेकशीलले १ लाख ७८ हजार ७३८ मत ल्याउदा राप्रपाले १ लाख ७८ हजार ३०८ मत पाएको छ ।

राप्रपा प्रजातान्त्रिकले भने ६४ हजार ८१८ मत मात्रै बनाएको छ । नेमकिपाले ५० हजार ५०० र अन्य दलले जम्मा २९१६०९ मत ल्याएका छन् ।
आयोगका अनुसार अहिलेसम्म ६० वटा जिल्लाको मत गणना भैसकेको छ । बाँकी १७ वटा जिल्लाको समानुपातिकतर्फको मतगणना जारी रहेको छ ।  साभार:राताेपाटि बाट

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)