प्रदेश नं. ५ काे राजधानि दाङ भएन भने कडा अान्दोलन सहित सिंहदरबार घेर्ने चेतावनि

दाङ। प्रदेश नं. ५ काे राजधानी बुटवल हुने हल्ला सामाजिक सञ्जालमा अाईरहदा – प्रदेश ५ राजधानी दाङ बनाउनु पर्छ भनि अाज नागरिक समाजले तुल्सिपुरमा दबाब मुलुक र्यालि प्रर्दशन गरेकाे छ।बिपि चाेक बाट सुरु भयकाे र्यालि बिपि चाेकमा नै  अायर काेण सभामा परिनत भएकाे हाे।

उक्त कार्यक्रम लाई सम्बाेधन गर्ने वक्ता हरुले प्रदेश प्रहरि कार्यालय प्रदेश उच्च उदालतकाे कार्यालय रेडियो नेपालकाे प्रदेश स्तरिय रिले स्टेसन तुल्सिपुरमै भयकाे र पहिलाे बैठकका लागि भवन समेत तयार भैसकेकोले प्रदेशकाे राजधानी बुटवल हुने हल्ला काे पछाडि नलाग्न स्थानिय लाई अाग्रह गर्नु भयकाे छ।

कोणसभालाई सम्वोधन गर्दै नागरिक समाज दाङका संयोजक टिकाराम रेग्मीले दाङ राजधानी भएन भने त्यो घोषणा भएको दश मिनेटमै हामी आन्दोलन छेड्ने र सिंहदरबार घेर्नेसम्मको चेतावनी दिएका छन।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतले दाङ राजधानी बनाउन आफूहरू जस्तोसुकै कदम चाल्न समेत तयार भएको जानकारी दिय भने त्यसै गरि महिला अधिकारकर्मी सुष्मा गिरीले  प्रदेश नं. ५ राजधानी दाङ भएन भने जस्तोसुकै मूल्य चुकाउन दाङ पछि नपर्ने बताउनु भयकाे छ।

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)